KB · Hymns · #363
दयालु प्रभु मलाई डोर्याउनोस्
G4/4
Chorus
दयालु प्रभु मलाई डोर्याउनोस् बाटोमा तपाईंको
पूर्ण होस् इच्छा परमेश्वरको जीवनमा मेरो
जाँच्नुहवस् प्रभु मलाई गर्नु सब स्वार्थको नाश
देखाउनुहवस् उपाय मलाई बनूँ म विश्वासी दास
Verse
छान्नुभो’ प्रभु अयोग्य प्राणीलाई गर्नलाई तपाईंको काम
अज्ञानी म, निर्बल लाचार छु बढ़ाउन ख्रीष्टीय राज्य
खार्नुहोस्, बनाउनुहोस् जीवनलाई प्रभु मेरो
काट्नोस् व्यर्थ वृद्धि बन्न स्वरूप तपाईंको ।
Verse
जानेछु म बाटोमा येशूजीको नगरी केही गन्गन्
प्रेमको केन्द्र प्रभु मेरो तपाईं, अर्पण गर्छु तन-मन-धन
हटाउनोस् स्वार्थ मेरो, होस् भरपूरी आत्माको
देखून् सबले जीवनमा सद्गुण परमेश्वरको ।