प्रार्थना प्रार्थना पल-पलको होस् हाम्रो
C4/4
को. (प्रार्थना, प्रार्थना, पल-पलको होस् हाम्रो
यो चाहना पहिरौँ यो शाक्तिलाई झैँ गहना) (२)
१. (आत्मिक जीवनको सास हो प्रार्थना,
फेर्न यो छोड़ेमा जीवन रहन्न) (२)
(विश्वासी हरेकलाई नभई यो हुन्न) (२)
२. (प्रार्थना हो विश्वासीको ठूलो हतियार
आत्मिक युद्धमा विजय गर्ने) (२)
(असम्भव कुरा पनि सम्भव गराउने) (२)
३. ल्याउँछ बाधा-अड्चन प्रत्येक
पाइलामा पार्न शैतान परीक्षामा) (२)
(सुरक्षा खालि हाम्रो छ प्रार्थना) (२)