KB · Hymns · #764
आत्मिक दौड लामो छ तर धीरजसाथ दगुरेर
Chorus
आत्मिक दौड लामो छ, तर धीरजसाथ दगुरेर
अनन्त मीरास र इनामलाई, तयार होऊ प्राप्त गर्नलाई
Verse
बाधा दिन्छ पल-पलमा नाशवान् यो माटोको शरिरले (२)
जागो रही प्रार्थना गरे जयवन्त तिमी निश्चय बन्नेछौ । (२)
Verse
अल्मलाउने टन्टा भारलाई पन्साएर दगुरेनौ भने (२)
दुर्गम हुन्छ दौड दौड्नालाई र दैडमा असफल बन्नेछौ । (२)
Verse
सत्यताको आत्मिक पेटी धार्मिकताको झिलम पहिरी (२)
मेलको समाचार प्रचार गर्दै विश्वासको ढाल लिई अघि बढौ । (२)
Verse
उद्धारको दृढ टोप पहिरी वचनरुपी तरवार भिरी (२)
प्रार्थना आत्मामा नित्य गर्दै अजेय योद्धाझैं विजयी बनौं । (२)
Verse
ख्रीष्ट येशू हुन् आत्मिक निशान आत्मिक लीक हो वचन उनको (२)
यसैमा दौडी इनाम पाउन संयमी बनी दौडमा जितौं । (२)