KB · Choruses · #18
योना योना सुन्यौ के
D2/4
Verse
योना योना सुन्यौ के ? वचन प्रचार गर्न जाऊ ।
योना भन्छ जान्न म, जहाज लिई भाग्छु म ।
ए योना योना (३) प्रभुको आज्ञा मान ।
Verse
उम्कें भनी ठान्दैथ्यो, जहाज डुब्न शुरू भो’
योना भन्छ पापले हो, उठाई मलाई फालिदेऊ ।
ए योना योना (३) प्रभुको आज्ञा मान ।
Verse
योना जब डुब्दछन्, माछा आइ निल्दछ ।
योना प्रार्थना गर्दछन्, आज्ञा पालन गर्दछु ।
प्रभु आज्ञा मान्छु (३) अवश्य मान्दछु ।