KB · Hymns · #599
अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो
G3/4
Verse
अचम्मको अनुग्रहले, बाँच्यो तुच्छ प्राण मेरो,
हराएको थिएँ अब पाइएको छु, अन्धो देख्ने भएँ
Verse
अनुग्रहले ईश्वरको भय, अनुग्रहले शान्ति,
कस्तो अमूल्य स्वाद अनुग्रहको, जब विशवास गरें
Verse
अनेकौँ ज्योखिम परीक्षा, भएर आइपुगेँ,
यहाँसम्म ल्याउने त्यो अनुग्रहले, पुग्नेछु स्वर्ग मै
Verse
प्रभुको वाचा भलाईको, यो मेरो भरोसा,
उहाँ नै मेरो सूर्य र ढाल, प्राण मेरो रहुन्जेल ।
Verse
हजारौँ वर्ष स्वर्गमा, सूर्यझैँ चम्कन्छौँ,
यो अनुग्रहको प्रशंसा गाउँदै, युग युगौँ रहन्छौँ