प्रभु येशू विश्वास गर्छु खालि तपाईंमा
G3/4
Verse
प्रभु येशू विश्वास गर्छु खालि तपाईंमा
विनादाम म पाऊँ भनेर छुट्कारा ।
Verse
क्षमा पाउन विश्वास गर्छु, पर्छु चरणमा
पाउन तपाईंको अनुग्रह करुणा ।
Verse
शुद्ध हुन विश्वास गर्छु धुनुहोस् मलाई
आफ्नो रगतले सब पापको दाग मेटाई ।
Verse
अगुवाइ पाउन विश्वास गर्छु डोर्याउनोस् मलाई
यात्राभरि चाहिँदो कुरा सब जुटाई ।
Verse
शक्ति पाउन विश्वास गर्छु तपाईंको अपार
मैले त्यो पाएर कहिल्यै खान्नँ हार ।
Verse
प्रभु येशू विश्वास गर्छु रहूँ म निडर
विश्वास गर्छु सबको लागि सधैँभर ।