KB · Hymns · #4
रमाऊ धर्मी हो
D73/4
Chorus
(रमाऊ धर्मी हो, याह्वेमा नम्रलाई सुहाउँछ उनको स्तुति) (२)
Verse
(वीणा बजाउँदै दण्डवत् गर, सितार दश तारको बजाई गाऊ) (२)
ठूलो गान याह्वेलाई गाऊ, स्वर ठूलो गरी बजाऊ ।
Verse
(याह्वेको वचन सोझै छ, काम सर्व सच्चाइमा हुँदैछ) (२)
त्याय धर्मलाई स्नेह गर्दछ, करुणाले पृथ्वी भरिएको छ ।
Verse
(याह्वेको वचनले आकाश बनियो, मुखैको श्वासले सर्व सेना) (२)
जसले समुद्र थुपर्याउँछ, गहिराइलाई ढुकुटीमा राख्दछ ।