KB · Hymns · #106
येशू है ख्रीष्टको क्रूसैको मरण
Em2/4
Verse
येशू है ख्रीष्टको क्रूसैको मरण (२),
हृदय ता लै लै छेड़्ने गत
ए दिदै, हृदय ता लै लै छेड़्ने गत ।
Verse
हेरन दिदै, सुनन दिदै (२),
रगतको लै लै धारै-धार
हे दिदै, रगतको लै लै धारै-धार ।
Verse
मुटु ता मेरो रहेन दिदै (२),
भइगयो लै लै चूरै-चूर
हे दिदै, भइगयो लै लै चूरै-चूर ।
Verse
गई बस्छु मता क्रूसैको मुनि (२),
शिरैमा लै लै थाप्छु धार
हे दिदै, शिरैमा लै लै थाप्छु धार ।
Verse
ख्रीष्टको मरण पापैको हरण (२),
पर्छु म लै लै ख्रीष्टको पाउ
हे दिदै, पर्छु म लै लै ख्रीष्टको पाउ ।
Verse
पिता र पुत्र, पवित्र आत्मा (२),
महिमित लै लै महिमित
हे दिदै, महिमित लै लै महिमित ।