KB · Hymns · #324
ईश्वरचाहिँ प्रेम हुन्
G6/8
Verse
ईश्वरचाहिँ प्रेम हुन्, प्रेमचाहिँ अमर हो, ईश्वर प्रेम सर्वश्रेष्ठ हो,
विश्वास, आशा र प्रेममध्ये पनि प्रेम सबैभन्दा श्रेष्ठ हो ।
Verse
पूर्ण हृदय र शक्ति, बल, प्राणले परम ईश्वरलाई प्रेम गरौँ,
छिमेकीसँग आफैसँग झैँ सर्वदा निष्कपट प्रेम गरौँ ।
Verse
प्रेमले सदाकाल धीरज धर्दछ, प्रेमले कहिल्यै ईख गर्दैन,
प्रेमले कहिल्यै शेखी गर्दैन, प्रेमचाहिँ कहिल्यै पुलिँदैन ।
Verse
प्रेमले कुरीति कहिल्यै गर्दैन, आफ्नै भलाइ खोज्दैन,
बुराई, घमण्ड, छल कपट गर्दैन, प्रेमचाहिँ कहिल्यै मर्दैन ।
Verse
प्रभु येशूको पछिल्लो आज्ञा एक-अर्कासँग प्रेम गरौँ,
एक-अर्काको प्रेमको ऋण बोक्दै येशूको आज्ञा पूरो गरौँ ।