KB · Hymns · #307
येशू विश्वास गर्छु खालि तपाईंमा
G4/4
Verse
येशू विश्वास गर्छु खालि तपाईंमा
दोषी असहाय म तपाईं त्राणकर्ता,
पृथ्वी स्वर्गमा छैन कोही तपाईंजस्तो
म जस्तो पापीको लागि मर्नुभो’ ।
Verse
येशू विश्वास गर्छु नाममा सत अपार
नाम दिएका दूतले “येशू तारणहार,”
नाम जो लेखियो थियो लाजको क्रूसमाथि
पापी आऊ त्यस नाममा दृढ़ विश्वास राखी ।
Verse
येशू विश्वास गर्छु तपाईंलाई सम्झी
प्रेम र दयापूर्ण घुम्नुभो’ पृथ्वी,
कोरी दीन-दरिद्र, पापी घिनलाग्दो
सबले निगाह पायौँ मुक्तिदाताको ।
Verse
येशू विश्वास गर्छु वाणी तपाईंकै
“म हटाउन्नँ कहिल्यै आउँछ जोसुकै,”
रगत छ अमूल्य, सत्य छ करार
उद्धारको हुन् आधार येशू तारणहार ।