KB · Hymns · #388
येशू हुन् मेरा रक्षक
D3/4
Chorus
येशू हुन् मेरा रक्षक (२) चट्टान हुन् मेरा उनै
जब आँधी आई हुत्याउँछ, अल्झाउँछु लङ्गर ख्रीष्टमै
Verse
सांसरिक यस यात्रामा (२) चिन्ताले जब घेर्छ
ख्रीष्टको एउटै हप्कीले आँधीको सब जोड़ तोड़्छ ।
Verse
दुःखले पीड़ित हुँदा (२), पार हुने इच्छा हुँदा
ख्रीष्टको जीवित वचन नै ज्योति बनी डोर्याउँदछ ।
Verse
मलाई छ पूरा विश्वास (२), एक दिन म पुग्छु किनार
त्यस मनोरम स्थानमा पाउनेछु उनको विश्राम ।