प्रभु येशूको जन्म भयो गाईको गोठैमा
G4/4
Chorus
प्रभु येशूको जन्म भयो गाईको गोठैमा,
पापीलाई भनी आए प्रभु मान्छेको चोलामा (२)
ज्योतिषीहरू अघि बढ़े तारालाई हेरेर
दर्शन गरी, चढ़ाए भेटी दण्डवत् गरेर ।
Verse
(अचम्भित भए गोठालाहरू स्वर्गदूतलाई देखेर
खबर दिन गए सबै नै साह्रै नै खुशी भएर) (२)
(पिताको आज्ञा पूरा गर्न आउनुभयो येशू संसारमा) (२)
मानव चोलामा जन्म लिनुभयो (बेथलेहेम गाउँमा) (२)
Verse
(हामीलाई पुत्र दिनुभयो स्वर्गका पिता परमेश्वरले
पापको बोझ उठाउन जन्म लिनुभयो येशूले) (२)
आउनुभयो येशू हामी सबैलाई मुक्तिको बाटो देखाउन
जन्मे गोठमा हामी सबैलाई साँचो (परमेश्वर चिनाउन) (२)