KB · Hymns · #297
मेरो हृदयका पीरहरू प्रभुसँग पोखाएँ
D4/4
Chorus
मेरो हृदयका पीरहरू प्रभुसँग पोखाएँ
मुटुभित्रका चोटहरू मेरो मालिकलाई देखाएँ
Verse
येशूको तेजमय हेराइले पीरहरू हटिगए (२)
उनको कोमल स्पर्शले चोटहरू निको भए
मेरो प्याला छछल्केर थोपाहरू खस्नलागे ।
Verse
येशूको प्रेमको प्रकाशले जीवन ज्योतिमय भयो (२)
ख्रीष्टको वचनको शक्तिले जीवन कोमल भयो
मेरो प्याला छछल्केर थोपाहरू खस्न लागे ।