KB · Hymns · #408
लड़्नुछ धेरै संग्राम यहाँ
Dm2/4
Chorus
लड़्नुछ धेरै संग्राम यहाँ, आत्माको पहाड़मा चढ़्नुछ
शक्ति पाई मसीह येशूको बन्नुछ यो जीवनमा
Verse
विश्वासको अनेकौँ लड़ाइँहरू संसारमा लड़ेर (जित्नुछ) (२)
विद्रोह प्रेमको बोकेर अङ्गालोमा सबलाई (बाँध्नुछ) (२)
(वीरता नदेखून् मानिसले) (२) इनाम प्रभुले दिनेछन् (२)
Verse
मर्नुछ धेरै मृत्यु यहाँ, सत्यको साक्षी बनी मर्नुछ
जीवन पाई मरीह येशूको जिउनुछ भई आज नयाँ ।
Verse
अविश्वासका जीवन जिउनेहरू, सबलाई अङ्गालोमा (बाँध्नुछ) (२)
रित्तिसकेका जीवनलाई आफ्नो आशिष् यहाँ (बाँड़्नुछ) (२)
(वैरी बनून् संसार सारा) (२) शक्तिका राज साथमा छन् (२)