प्रशंसा गरौँ है येशू राजाको
G6/8
Chorus
प्रशंसा गरौँ है येशू राजाको एउटा नयाँ गीत गाएर
आदर गरौँ है येशू राजाको स्वच्छ अनि सिद्ध मनले
Verse
स्वर्गलाई त्यागी धर्तीमै आए बचाउन हामीलाई,
थुकाइ र कुटाइ चोट है सही क्रूसैमा मरे नि (२)
Verse
मानिसलाई मुक्ति दिनलाई येशू है मरे नि,
स्वर्गको साँचो मुक्तिको बाटो येशू हुन् बुझ लौ (२)