स्पर्श
तपाइको स्पर्शले म निको हुन्छु येशु
तपाइको छेउमा बस्दा म निश्चिन्त हुन्छु येशु
निर्धक्क हुन्छु, निडर हुन्छु म
तपाइको उपस्थितिमा म पूर्ण हुन्छु येशु
मेरो आत्मामा तृप्त भएको म थाहा गर्छु येशु
स्वतन्त्र हुन्छ, सन्तुष्ट हुन्छु म
तपाइले जस्तो मेरो हृदयलाई अरु कसैले छुन सक्दैन
तपाइमा पाउने गहिरो प्रेम अरु कसैमा पाउन सक्दिन
(तपाइमा भेट्ने सत्यता अरु ठाउँमा खोजि म भेटाउँदिंन) २
तपाइको पालमा जुन आनन्द छ कुन महलले दिन सक्छ र
तपाइको वचन भन्दा स्वादिलो अरु के थोक हुन सक्छ र
(तपाइको नजिक हुदा पाउने जुन सामर्थ छ, कहाँ पाउँछु र) २

NepaliHymns