KB · Hymns · #817
रित्तो हाम्रो मनलाई भरिदिने येशू
C4/4
Chorus
रित्तो हाम्रो मनलाई भरिदिने येशू नै
सबको पापको साटोमा मरिदिने येशू नै (२)
Verse
कस्ले गर्छ स्वार्थ रहित प्रेम अचम्मको
उसैमा नै हुन्छ हजुर अर्थ जीवनको (२)
स्वर्ग छोडी धर्तीमा झरिदिने येशू नै
(सबको पापको साटोमा मरिदिने येशू नै) (२)
Verse
संसारलाई बचाउने येशू ख्रीष्टको कथा
जस्ले बुझ्छन् हामी सबको पीर व्यथा (२)
शान्ति र मुक्तिको सन्देश छर्ने येशू नै
(सबको पापको साटोमा मरिदिने येशू नै) (२)