परिश्रम र बोझले दबिएका हो येशू कहाँ आऊ
D4/4
Chorus
परिश्रम र बोझले दबिएका हो येशू कहाँ आऊ
फर्केर आऊ, तिमीलाई उनले विश्राम दिनेछन् ।
Verse
स्वर्ग मुनि पृथ्वीमा छैन कुनै नाम जगलाई यति महान् दिने मुक्ति दान
केवल येशू मुक्तिदाता सर्वशक्तिमान तिम्रो पापको क्षमादिन
(त्यागे क्रूसमा प्राण) (२)
Verse
मुक्ति रहित मृत्यु भए टल्ने छैन जो पापको ज्याला दोस्रो मृत्यु न्याय ईश्वरको
आगो गन्धक जलिरहने अथाह भट्टीको युग-युगसम्म पीडा सही
(रहनु पर्ने हो) (२)
Verse
भरे, भोलि भनी-भनी समय बिताउँछौ यति महान् उद्धार मुक्ति व्यर्थै गुमाउँछौ
लत्याई स्वर्गको असीम सुखलाई मृत्यु अँगाल्छौ मृत्यु पछि नर्क कुण्डमा
(दाह्र किट्नेछौ) (२)