KB · Hymns · #305
मेरो जीवनको नाथ प्रभु
G2/4
Chorus
मेरो जीवनको नाथ प्रभु जो मेरो हरेक पलको साँचो मित्र हुन्
Verse
जिन्दगी यो पापी मेरो मनमा स्नेहको बहार ल्याई ।
जीवनको मूल्य बुझाई दिए त्राण मलाई (२)
दिए त्राण मलाई असीम प्रेम देखाई ।
Verse
द्वेष पापीको यो संसारमा प्रभु ख्रीष्टको पुकार
थकित र कष्टित जन आऊ पापको बोझा ल्याऊ (२)
पापको बोझा ल्याऊ दिनेछन् विश्राम तिमीलाई ।
Verse
हृदय खोलेर आऊ विश्वास येशूमा लगाऊ
दिन्छन् मुक्ति तिमीलाई पापको बोझा हटाई (२)
पापको बोझा हटाई ज्योतिको प्रकाश गराई