KB · Hymns · #162
गाऊँ ख्रीष्टीय झुण्ड
D4/4
Chorus
गाऊँ ख्रीष्टीय झुण्ड, सबै मिली प्रभुको स्तुति (२)
Verse
हृदय-विणाको तार बजाई (२) स्तुति-महिमा देऊ मुक्तिदातालाई,
अफ्नो सृजनहारलाई (जयजयकार गरौँ स्वरमा स्वर मिलाई) (२) ।
Verse
ईर्ष्या र द्विषको जाल फाडी (२) एकताको सूत्रमा सबैलाई बाँधी
प्रेमको सन्देश बाँडी (कठिनाईलाई पर सारी) (२) ।
Verse
अन्धकार यो जगको ज्योति अनि (२) मिठास दिने नुन बनी
हामी नून बनी, (क्रूसलाई अल्ग्याऔँ साक्षी बनी) (२) ।