KB · Hymns · #751
स्तुति प्रशंसा र धन्यवाद
C4/4
Chorus
स्तुति प्रशंसा र धन्यवाद, महिमित राजा येशूलाई
आदर महिमा र जयजयकार, मारिएका उनै थुमालाई (२)
स्तुति प्रशंसा र धन्यवाद ।
Verse
क्रूसैमा प्राण दिने, पापीहरूका मित्रलाई (२)
पापबाट मुक्त पार्ने उनै मुक्तिदातालाई (२)
Verse
स्वर्गमा विराजमान, राजाहरूका राजालाई (२)
फेरि फर्की आउने, उनै ख्रीष्ट प्रभुलाई (२)