KB · Hymns · #419
के म जाऊँ रित्तै हात लिई
C6/8Translated
Verse
के म जाऊँ रित्तै हात लिई, यसै भेटूँ प्रभुलाई ?
के म एकै दिनको कामलाई दिन नसकूँ उनलाई ?
Chorus
के म जाउँ रित्तै हात लिई, यसै भेटूँ प्रभुलाई
किन येशूकहाँ नल्याऊँ एउटै पनि साथीलाई ?
Verse
डरै छैन मृत्युदेखि ख्रीष्ट बचाउने छन् मलाई
तर उनकहाँ रित्तै जाँदा रुनेछ मेरो हृदय ।
Verse
त्यो समय जो पापमा काटेँ, त्यो फर्किन सके ता
प्रभुलाई त्यो दिने थिएँ हिँड़्दै उनको इच्छामा ।
Verse
ख्रीष्टीय जन हो, जाग, उठ, बेला हुँदा बल लगाऊ
आफ्नो मृत्युभन्दा अघि सकभर धेरै प्राण बचाऊ ।