KB · Hymns · #96
मैले चार दिशामा हेरेँ
F4/4
Chorus
मैले चार दिशामा हेरेँ, आकाश धरतीमा हेरेँ
तिमीजस्तै मुक्तिदाता, मैले कतै (पाइनँ) (२) मैले चार...
Verse
फुकाली बन्धन सारा, आफ्नो रगतले धोएर (२)
सित्तैमा कोसेली अनन्त जीवनको तिमी-मलाई दिई जानुभो’
हाम्रो पापको लागि हे साथी, बलि हुनुभो’ ईश्वरको पुत्र
तिमी भन्छौ बलिदान यस्तो मैले कतै (देखिनँ) (२) ।
Verse
अन्धकारभित्र बसेर उजेली थाहा के गर्ने ? (२)
तिमीलाई ज्योतिको रहस्य खोलेर दुनियाँको बत्ती बनाउनुहुन्छ
अविश्वासमा होइन हे भाइ, अन्तर छ जीवन मृत्युको
त्यागे उनलाई पराया सम्झी अरू कोही (छैन नै) (२) ।