KB · Hymns · #756
मुक्तिदाता ख्रीष्टको मन
C4/4
Verse
मुक्तिदाता ख्रीष्टको मन, दिन वा दिन ममा रहोस्
उनको प्रेम र सामर्थ्यले, वश मलाई पारोस् ।
Verse
वचन प्रभुको प्रशस्त, हर घडी मनमा बसोस्
विजयमा होस् प्रकट केवल, बाहुबल उनको ।
Verse
मेरा पिताको शान्तिले, राज गरोस् पूर्ण मलाई
शान्त भइ ढाडस् दिन, दुर्बल दुःखीलाई ।
Verse
ख्रीष्टको प्रेमले मलाई भरोस्, पानीले सागरलाईझैं
ख्रीष्ट होस् उच्च आफू तुच्छ, यो हो विजयी ।
Verse
आफ्नो दौड म पूरा गरूँ, बलवान् वीर संघर्षमा
हेर्दै केवल येशूलाई, अघिनै बढ्दा ।
Verse
ख्रीष्टको सुन्दरता देखियोस्, आत्मा जित्ने प्रयासमा
माध्यम भूली देखून् सबले, केवल येशूलाई ।