KB · Hymns · #580
सुन सुन दाजुभाइ
D4/4
Chorus
(सुन-सुन दाजुभाइ, आज नै प्रभुको वचन
सुन-सुन दिदीबहिनी, आज नै येशूको वचन) (२)
बाटो, सत्य र जीवन येशू ख्रीष्ट नै हुनुहुन्छ
सत्य पवित्र परमेश्वर येशू प्रभु नै हुनुहुन्छ ।
Verse
(संसारको रीतिरिवाजले पापबाट मुक्ति दिँदैन
येशूलाई विश्वास नगरे कहीँ पनि शान्ति मिल्दैन) (२)
हृदयको ढोका खोलेर येशूलाई विश्वास गरिदेऊ
समय हुँदै अहिले नै येशूलाई ग्रहण गरिदेऊ (२)
Verse
(सांसारिक धर्मकर्मले मान्छेको पाप क्षमा हुँदैन
येशूलाई परमेश्वर नसम्झे स्वर्गमा जाने ठाउँ छैन) (२)
संसारको रमझम भुलेर येशूकहाँ आजै फर्किआऊ
येशूलाई विश्वास गरेर सदाको लागि मुक्ति पाऊ (२)