प्रभु ख्रीष्ट जिइउठे
C4/4
Verse
प्रभु ख्रीष्ट जिइउठे नै दूत र मान्छे भन्दछन्
स्वर्गेदूत र मान्छे जात सबले हल्लेलूयाह भन
प्रेमको त्राणका काम सिद्धिए, प्रभु विजयी भए
फेरि मर्दैन प्रभु हाम्रो शोकका दिन बिते ।
Verse
पहरा, ढुङ्गा छाप व्यर्थ भो’, नर्कको दैलो फोरियो
मृत्युले व्यर्थै ख्रीष्ट रोक्यो, ख्रीष्टले स्वर्गको द्वार खोले ।
त्राणको लागि मर्नुभो’, जयवन्त राजा छन् जिउँदा
मृत्यु कहाँ छ खिल तेरो, चिहान कहाँ जय तेरो ?
Verse
आफ्नो जयवन्त प्रभुलाई पछ्याउँदै-पछ्याउँदै जाऔँ
हामी ख्रीष्टझैँ बनाइयौँ, उनीजस्तै उठ्ने छौँ
जग र स्वर्ग हाम्रो भो’, स्वर्ग दूत र मान्छे हो
दुवै लोकको स्वामीको जय जय गाऔँ सधैँको ।