KB · Hymns · #663
सोचेको जस्तो हुन्न है जीवन
G4/4
Chorus
सोचेको जस्तो हुन्न है जीवन, बुझी राखे बेस होला
(सधैँ नै बाँच्ने होइन है जीवन, आखिर मृत्युकै फेला) (२)
Verse
कलवरीको डाँड़ामाथि, झुण्डाए येशू क्रूसमा (२)
दुःख कष्ट सहेर (अर्पण गरे क्रूसमा आफूलाई) (२)
Verse
जाने भए येशूसँग, विश्वास गर उहाँलाई (२)
आखिर मृत्युलाई जित्ने (एउटै उपाय येशू मात्र हुन्) (२)