प्रभुको स्तुति गरौँ हामी सबले
G4/4
Chorus
प्रभुको स्तुति गरौँ हामी सबले
जयजयकार उनको तन-मन-धनले
धन्य होस् प्रभुको जो हाम्रो सृजनहार
महिमा उनको, बने हाम्रो तारणहार
Verse
अन्धकारपूर्ण दुनियाँमा भुलिबस्नेछौ किन भाइ, दोषी बनी
सुन यो पुकार जो आज भन्दछन् फर्की पापदेखि मकहाँ आऊ ।
Verse
खुल्ला छ फाटक, जो कोही आउँदछन्, दाम केही लाग्दैन पस्न त्यहाँ
जो कोही आउँछन् भनिन्छन् धन्यका, दूर हुन्छन् पापहरू चूर्ण मनका ।
Verse
ख्रीष्ट आज भन्दछन् तिमी छौ कहाँ, भन हे मित्र हो, प्रभु म यहाँ
बोझले दबिएको पापले छु पीड़ित, लिएर जीवनलाई गराऊ निश्चित ।
Verse
देख्दछु ढोकालाई प्रभुको क्रूसमा, बहेको त्यो रगत मेरो लागि
शुद्ध हुन पापदेखि, आउँदैछु प्रभु म, जाँचेर हृदय धुनोस् मलाई ।