KB · Hymns · #321
हाम्रा स्वर्गीय ईश्वर पिता
G4/4
Verse
हाम्रा स्वर्गीय ईश्वर पिता, नाउँ तपाईंको पवित्र होस्
राज्य तपाईंको छिटो आओस् इच्छा पूरा गरियोस्
जस्तो स्वर्गमा, जस्तो स्वर्गमा (त्यस्तै पृथ्वीमा होस्) (२)
Verse
हाम्रो दिन-दिनको भोजन दया गरी दिनुहोस्
अपराध हाम्रो दया गरी क्षमा बक्सिदिनुहोस्
जस्तो हामी, जस्तो हामी (क्षमा गर्छौं सबैलाई) (२)
Verse
हामी सबैलाई परीक्षा र दुष्टदेखि बचाउनुहोस्
किनभने यी तपाईंका राज्य, पराक्रम महिमा होस्
सदासर्वदा, सदासर्वदा (आमिन्, आमिन्, यसो होस्) (२)