KB · Hymns · #694
ए अल्छे उठ कमिलाकहाँ जाऊ
G4/4
Chorus
ए अल्छे उठ कमिलाकहाँ जाऊ कमिलाकहाँ गएर शिक्षा पाऊ
तिनीहरूको व्यवहार सिकेर रमाउँदै तिमी पनि स्तुति गाऊँ (२)
कटाफट फटाफट मिलिजुलि काम गरौँ फटाफट (२)
Verse
कमिलाको देशमा न कोही अगुवा कमिलाको देशमा न कोही दास
न कोही जिम्मेवारी त्यहाँ न कोही सानो र ठूलो खास (फटाफट) (३)
Verse
एउटा कमिलालाई कसैले भुलाउदा म अति व्यस्य छु भन्छ
विन्ती छ मेरो मलाई नभुलाउ सृष्टिकर्ताको काम गर्न देऊ
भुल्ने मेरो फुर्सद छैन फटाफट टोल्ने मेरो समय छैन फटाफट
घरघर धाउने अवसर छैन फटाफट कुरा ओर्साने मेरो मौकै छैन फटाफट
(फटाफट) (३)
Verse
ओरालोमा पनि त्यत्तिकै फटाफट उकालोमा पनि त्यत्तिकै फटाफट
दुःखमा पनि त्यत्तिकै फटाफट सुखमा पनि त्यत्तिकै फटाफट
न त आँखामा आँसु न गालामा हात एउटा थाक्दा अर्कोले दिन्छ साथ
फटाफट फटाफट मिलीजुली काम गरौँ फटाफट (फटाफट) (३)