KB · Hymns · #186
येशूले आफ्नो चेलाहरूलाई
G6/8
Verse
येशूले आफ्नो चेलाहरूलाई यसरी बोल्नुभो’,
“स्वर्ग, पृथ्वीमा अधिकार सारा मलाई छ दिएको
यसकारण तिमी सबै देश गई जातिलाई बनाऊ चेला
पिता र पुत्र, पवित्र आत्मा नाउँमा देऊ बप्तिस्मा ।”
Verse
“तिमीहरूलाई जे-जति आज्ञा मैले गरेको छु
तिनीहरूलाई यिनै सब कुरा गर्नलाई सिकाइदेऊ
र ‘हेर चेला, सब दिन म हुन्छु अन्तसम्म जगत्को
तिमीहरूका साथमा छँदै छु’ येशूले भन्नुभो ।”
Verse
जो पापको लेखि मर्यौँ, हामी के पापमा लागिरहौँ ?
कसरी अझैँ त्यसैमा जिउने के हामी अज्ञान छौँ ?
सब हामी जना कतिले लियौँ बप्तिस्मा येशूमा
हामीले लिएका थियौँ बप्तिस्मा उहाँकै मृत्युमा ।
Verse
हामी यसकारण बप्तिस्माद्वारा गाड़ियौँ उहाँको साथ
ईश्वर पिताको महिमाद्वारा उठ्नुभो’ येशू नाथ
जसरी स्वामी मरेकाबाट बिउँताइनुभयो
त्यसरी हामी ढाँचामा हिँड़ौँ नयाँ है जीवनको ।