KB · Hymns · #164
ईश्वरलाई पुजूँ पवित्रता लाइकन दण्डवत् गरूँ
G3/4Translated
Verse
ईश्वरलाई पुजूँ पवित्रता लाइकन दण्डवत् गरूँ प्रचारी प्रताप
आज्ञा मनाई र दीनता चढ़ाईकन उनैको नाउँ लिँदै जो आफै-आफ ।
Verse
फिक्रीका भार हालूँ ईश्वरको चरणमा, उनले त्यो हृदयमा बोक्छन उठाई
शोक मेटिदिन्छन्, पुर्याउँदछन् शरणमा पाउ डोर्याई मारेको झैँ ।
Verse
ईश्वरको महलमा विनाडराईकन छौँ आउन सक्ने दीन-हीन
मनका भई खालि सच्चाइँ र धन प्रेमको ल्याईकन ग्रहण गरिन्छौँ यी मात्र चढ़ाई ।
Verse
यति नै ल्याऔँ ता येशूको नाउँमा ईश्वरले लिन्छन् ती कारण उनको हर्षको
दिन दिन्छन् शोकको साटोमा कमाइको साटो विश्वास दरिलो ।
Verse
ईश्वरलाई पुजूँ पवित्रता लाइकन दण्डवत् गरूँ प्रचारी प्रताप
आज्ञा मनाई र दीनता चढ़ाईकन उनैको नाउँ लिँदै जो आफै आफ ।