KB · Hymns · #752
येशू पापीका मित्र कस्तो
E3/4
Verse
येशू ! पापीका मित्र कस्तो ! येशू प्राणका प्रेमकर्ता
छाड्लान् मित्र आउलान् शत्रु, येशू मेरो पूर्णता ।
Chorus
हल्लेलूयाह मिक्तिदाता, हल्लेलूयाह मीत मेरा
बचाउने, सघाउने, जोगाउने, प्रेम गर्ने उनी मसँग छन् सदा ।
Verse
येशू ! दुर्बलका सामर्थ कस्तो ! लुकाऊँ आफैंलाई उनमै
परीक्षामा लड्दा पर्दा, येशू बन्छन् मेरो विजय ।
Verse
येशू ! दुःखमा मद्दत कस्तो ! सागर आँधी उलँदा
मुटु मेरो चुर-चुर हुँदा, उनी मेरो आड भरोसा ।
Verse
येशू ! अगुवा रक्षक कस्तो ! चल्दा बाढी मेघ तुफान
चारैतिर अँध्यारो आँधी, उनी चालक सुन्छन् पुकार ।
Verse
येशूलाई अब ग्रहण गर्छु, सबथोक पाउँछु उनैमा
पापको क्षमा मलाई दिए, म हुँ उनको, उनी मेरा ।