KB · Hymns · #766
संसारलाई मैले जितेको छु
Chorus
संसारलाई मैले जितेको छु, ढाडस गर है भन्छन् प्रभु (२)
‘संसारमा दुःख हुन्छ तिमीलाई, निराश नहोऊ है’ भन्छन् प्रभु । (२)
Verse
मेरो पछि लाग्ने प्रिय हो, आफैलाई इन्कार गर्न सिक (२)
आफ्नो क्रूसलाई उठाई तिमी, मेरो पछि लाग्न सिक (२)
नत्रभने मेरो अनुयायी तिमी, बन्न सक्दैनौ, भन्छन् प्रभु । (२)
Verse
ज्ञानी मानिसले झैं तिम्रो घरलाई, चट्टानमाथि स्थिर राख्न सिक (२)
आफ्नो तोडालाई प्रयोग गरेर, दोब्बर कमाउन तिमी सिक (२)
हलोमा हात राखी पछाडी हेर्ने योग्य हुँदैन, भन्छन् प्रभु । (२)
Verse
हेर, म चाँडै आउँदैछु, जय पाएको मेरा सन्तहरूलाई (२)
साँचेर राख तिम्रो मुकुटलाई, खोसेर लान नपाओस् है (२)
मृत्युसम्म नै विश्वासयोग्य रह, जीवन-मुकुट दिन्छु, भन्छन् प्रभु । (२)