KB · Hymns · #819
आशाको दियो निभ्दैन
C4/4
Chorus
(आशाको दियो निभ्दैन) (२)
जीवन अमर, अमर छ येशूमा
आशाको दियो निभ्दैन
Verse
(सहाराहिन यो जिन्दगीमा जीवनको मूल्य गुमाएँ
संसारमा जीवन सुम्पेर जीवनको लक्ष्य हराएँ) (२)
तर येशू सहारा बनेर हरेक कदममा साथ दिनुभो
Verse
(दौडिरहें अन्योल यात्रामा क्रूसको प्रेम भुलेर
भड्किरहें यो अन्धकारमा ज्योति विहिन भएर) (२)
साँचो गोरेटो येशू नै रहेछ ज्योति जीवनको उनैमा रहेछ