KB · Hymns · #367
गोठालो मेरा हुन् प्रभु
F3/4Translated
Verse
गोठालो मेरा हुन् प्रभु न घटी छ मलाई
हरियो घाँसको चउरमा चराउँदछन् मलाई ।
Verse
उनले सुख-चैनको पानीमा डोर्याउँदछन् मलाई
र पार्छन् पुनर्जीवित प्राण धर्म मार्गमा हिँड़ाई ।
Verse
जब हिँड़्छु मृत्युको छायामा न डर न छ फिक्री
लौरो र लठ्ठीले उनका दिन्छन् मलाई शान्ति ।
Verse
भोज तयार गर्दछन् उनले शत्रुको सामुन्नेमा
तेल मेरो शिरमा मल्दछन्, पोखिन्छ कचौरा ।
Verse
मपछि लाग्छ जीवनभर भलाई र करुणा
र परमेश्वरको घरैमा म रहनेछु सदा ।