KB · Hymns · #161
सारा संसारका मानिस हो
G4/4
Verse
सारा संसारका मानिस हो, प्रभुको जयजयकार मनाओ
गर खुशीसाथ सेवा उनको, उनकहाँ आई भजन गाओ ।
Verse
परमेश्वर हाम्रा प्रभु हुन्, हामीलाई सिर्जे भन्ने जान
हामी सबै उनको हौँ प्रजा र उनको खर्कका भेड़ा ।
Verse
द्वारभित्र धन्यवादसाथ आओ, चोकभित्र आई खुशी होओ
ईश्वरलाई धन्यवाद चढ़ाओ नाम उनको भन धन्यको
Verse
कारण प्रभु हुन्छन् भला, सधैँभरि उनको कृपा रहन्छ
उनको सत्यता र पुस्तौँसम्म स्थिर रहला ।