KB · Hymns · #495
अमोल रगत येशू ख्रीष्टको
C4/4
Verse
अमोल रगत येशू ख्रीष्टको दिए कलवरीमा
पापीहरू र विद्रोही आऊ सब उनीकहाँ
Chorus
अमोल-अमोल रगत उनको धेरै नै बहेको
गर विशवास अनि ग्रहण निम्तो उनको
Verse
अमोल रगतले येशूको निको पार्दछ
तिम्रो प्राणलाई सफा गर्दै अहिले पखाल्छ
Verse
अमोल रगत जसले हामी लड़ाइँमा जित्छौँ
पाप, शैतान, दुष्टमाथि सामर्थ रगतले
Verse
अमोल रगतले प्रभुको पुग्छौ ईश्वरकहाँ
बाटो हाम्रो महिमाको अमोल रगतले