KB · Hymns · #470
येशू प्रभु, आऊ हाम्रो माझमा
G4/4
Chorus
येशू प्रभु, आऊ हाम्रो माझमा, जीवन मेरो लेऊ तिम्रो हातमा
ओठको होइन यो भक्ति हृदयको हो यो पुकार । आ...
Verse
यात्रा मेरो दुइ दिनको, सास मेरो छिनभरको (२)
चूप लागूँ कसरी ? गीत नगाऊँ कसरी ?
यति ठूलो मुक्तिमा नरमाऊँ कसरी ?
Verse
वचन तिम्रो पढ़ेर प्रार्थना सधैँ गरेर (२)
आराधनाको जिन्दगी मेरो बितोस् यसरी,
अन्धकारमा जूनझैँ चम्कोस् साक्षी त्यसरी ।