KB · Hymns · #622
सम्हाल्नुहोस् मलाई लड़्नबाट
D4/4
Chorus
सम्हाल्नुहोस् मलाई लड़्नबाट,
बाँधी राख्नुहोस् अङ्गालोमा ढाक्नुहोस् मलाई
तपाईंको अनुग्रहले, डुबाई राख्नुहोस् मलाई तपाईंको रगतमा ।
Verse
सम्हाल्नुहोस् मलाई गिर्नबाट थामी
राख्नुहोस् हत्केलामा ढाक्नुहोस् मलाई
तपाईंको महिमाले, डुबाई राख्नुहोस्
मलाई तपाईंको करुणामा (२)
Verse
जिउन चाहन्छु म विजय जीवन,
हारको जीवन त्यागेर हिँड़्न चाहन्छु म
जीवनको बाटोमा, तपाईंको पाइलामा टेकेर (२)