KB · Hymns · #734
कटनी मानिसले त्यही अनुसार गर्नेछ
Chorus
कटनी मानिसले त्यही अनुसार गर्नेछ
जुन प्रकारले उसले रोप्दछ (२)
धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन (२)
Verse
प्रभु चाँडै आइरहेछन्, प्रभु चाँडै आइरहेछन् ।
हरेक मानिसलाई प्रतिफल दिनलाई (२), आफ्ना आफ्ना काम अनुसार (२)
जाँच तिम्रा काम कस्ता छन्, आगोले त्यसको दिनेछ प्रमाण (२)
सुन चाँदीझैं काम पक्का भए, तिमीले पाउनेछौं इनाम (२)
Verse
अमुल्य वचनका बीउलाई लिई, अमूल्य वचनका बीउलाई लिई ।
दुःख परिश्रमसाथ आँसुका तराईमा (२), रुँदै छर्नेहरूले (२)
आनन्दका साथमा बीटा बोकेर, हर्ष उल्लासका साथ फर्कनेछन् (२)
आत्माका फलहरू जीवनमा फकाउँदै, ख्रीष्टको सेवा गर्नेछन् (२)
Verse
तोडा तिमीले पाएका छौ, तोडा तिमीले पाएका छौ ।
एक तोडा पाउनेझैं लुकाएर तोडालाई, श्रापित तिमी बन्नेछौ (२)
दोबर कमाई हिसाब चुक्ता गरे, महिमित राज्यमा आदर पाउनेछौं (२)
आत्मामा रोप्नेले जीवनको कटनी, शरीरमा विनाश कमाउँछन्
Verse
हरेस नखाई असल काम गरे, हरेस नखाई असल काम गरे ।
ठीक समयमा हामी कटनी गर्नेछौ (२), सेवाको फल हामी पाउनेछौं (२)
आऔं जीवन प्रभुमा अर्पण गरी, उनको कार्यमा जीवन बिताऔं (२)
प्रभुमा हात बलियो बनाई, ख्रीष्टको अवाईलाई पर्खिहौ (२)