KB · Hymns · #213
त्यागे ख्रीष्टले क्रुसैमा प्राण
C2/2
Chorus
त्यागे ख्रीष्टले, क्रुसैमा प्राण गर्न हरेक पापीको त्राण
Verse
पापैमा परी आत्मालाई नष्ट गरी बस्छौ किन निश्चिन्त
भई समय हुँदै आओ आज येशूकहाँ आओ ।
Verse
येशू मसीह बोलाउँछन् हरेक जनलाई आउँछन् जो उनीकहाँ
काटिन्छन् तिनका दुःख, ती पाउँछन् आनन्द र सुख ।
Verse
आउँछन् फेरि ख्रीष्ट महिमित बादलमा “धन्य जो अन्तसम्म
स्थिर रहला, ती पाउँछन् जीवनको ताज” ।