KB · Hymns · #434
येशूले सधैँ राज्य गर्छन
C4/4
Verse
येशूले सधैँ राज्य गर्छन, जहाँ-जहाँ घाम लाग्दछ
र जैलेसम्म जून रहला, उनैको राज्य छ जगत्मा ।
Verse
के प्रार्थना सधैँ गरिन्छ, उनैको स्तुति चढ़ाइन्छ
नाउँ उनको बासना धूवाझैँ चढ़ाइन्छ बिहान सधैँ ।
Verse
सब देशका मान्छे गाउँछन् गीत उनको उदेकको प्रेम निमित्त
बालक सुनाउँछन् उनको नाउँ र गर्छन् नित्य ख्रीष्टको वैभव ।
Verse
ख्रीष्टले जहाँ राज्य गर्दछन्, त्यहाँ आशिष् पाइँदछ ।
त्यहाँ सब दुःखितको उपकार, त्यहाँ सब पापीको उद्धार ।
Verse
संसारले गरोस् धन्यवाद, ख्रीष्ट राजाको गुणानुवाद ।
स्वर्गमा बढ़ाइ गरिओस् मान्छेले भनून् यस्तै होस् ।