KB · Hymns · #130
बौरी उठ्नुभएको प्रभुलाई जीवन भेटी चढ़ाउँछु
D72/4
Chorus
बौरी उठ्नुभएको प्रभुलाई जीवन भेटी चढ़ाउँछु
पुनरूत्थान र जीवन प्रभु हो भनेर विश्वास गर्छु
Verse
हाम्रो पापको लागि प्रभु क्रूसमा टाँगिनुभो’
वचनअनुसार तेस्रो दिनमा बौरी उठ्नुभयो ।
अबउप्रान्त प्रभु येशूलाई क्रूसमा नहेरौँ
जिउँदालाई मुर्दाहरूको बीचमा अब नखोजौँ ।
Verse
चोरझैँ नै आउने प्रतिज्ञा छाड़ी प्रभु जानुभो’
प्रार्थना गर्दै जागिरहने सल्लाह दिनुभयो,
ज्योति जीवनको अपनाउनलाई उहाँमा रहनुछ ।
संसारको सुखशान्तिलाई होइन, प्रभुलाई हेर्नुछ ।