KB · Hymns · #652
एकताको सूत्रमा बाँध्नुहोस् हामीलाई
E3/4
Chorus
(एकताको सूत्रमा बाँध्नुहोस् हामीलाई
बाँध्नुहोस् हामीलाई प्रेमको डोरीले) (२)
(नटुटोस् यो ख्रीष्टीय प्रेम हामीमा,
जबसम्म ख्रीष्टको आगमन हुन्न) (२)
Verse
एउटै परमेश्वरको सन्तान हौँ हामी,
एउटै ख्रीष्टको रगतले किनिएका हामी (२)
एउटै नाउँमा बप्तिस्मा लिएका,
(बाँध्नुहोस् हामीलाई प्रेमको डोरीले) (२)
Verse
स्वर्गीय राज्यको सन्तान हौँ हामी,
क्रूसको झण्डा संसारमा फैलाउँदै (२)
उच्च पार्ने महिमित नाउँ येशूको,
(बाँध्नुहोस् हामीलाई प्रेमको डोरीले) (२)