KB · Hymns · #113
दुःखित मानिस कस्तो नाम
C4/4Translated
Verse
“दुःखित मानिस” कस्तो नाम, येशू छोड़ी स्वर्गलोक
तिरे पापको मुक्ति दाम, हल्लेलूयाह, मुक्तिदाता ।
Verse
भोगे निन्दा लाज हैरान, मेरो साटो दिए ज्यान
रगतद्वारा क्षमादान, हल्लेलूयाह, मुक्तिदाता ।
Verse
दोषी, नीच, अनाथ हामी, बलि ईश्वरको उनी
पूरा मेल-मीलाप अनि हल्लेलूयाह, मुक्तिदाता ।
Verse
क्रूसमा मारिएका थिए, “अब सिद्धियो” कराए
अनि स्वर्गलोक फर्के, हल्लेलूयाह, मुक्तिदाता ।
Verse
येशू जगमा फेरि आई, घर पुर्याउलान् हामीलाई
तब गाऔँला खुब रमाई, हल्लेलूयाह, मुक्तिदाता ।