KB · Hymns · #413
हे योना उठेर जाऊन
Am4/4
Chorus
हे योना उठेर जाऊन निनवे प्रचार गर्नलाई
Verse
निनवे पापी शहर जान योनालाई मन परेन
जहाज चढ़ी तर्शिश भागे, ईशवरलाई मानेनन् ।
Verse
समुद्रमा नै ठूलो आँधी ईश्वरले पठाइदिए
अफसोस लागि आफ्नो पापलाई योनाले मानिलिए ।
Verse
जहाजीले फालिदिए पानीमा योनालाई
प्रभु ईश्वरले दिएका माछाले स्वाट्ट तिनलाई ।
Verse
माछाको पेटमा ईश्वरलाई सम्झी योनाले बिन्ती गरे
पाखा पुगी तेस्रो दिनमा माछाले तिनलाई उगेल्यो ।
Verse
दिस्रोपल्ट ईश्वरको वचन योनालाई सम्झाउन आयो
तीन दिनको बाटो हिँड़ेर गए, निनवेमा कराए ।
Verse
निनवे शहरका पापीहरूले ईश्वरको वचन टेरे
पापदेखि फर्की प्रार्थना गरे, ईश्वरले माफी दिए ।
Verse
उनीहरूलाई ईश्वरको निगाह योनालाई मन परेन
पापी मानिसलाई किन बचाउनु योनाले बुझ्न सकेनन् ।
Verse
योनाभन्दा महान् येशू यस संसारमा आए
स्वर्ग छोड़ी सुख त्यागी हाम्रोलागि मरे ।
Verse
पापी मानिस भए पनि हामीलाई छ निगाह
ख्रीष्टको रत्तले शुरु भई हामीले पायौँ क्षमा ।