KB · Hymns · #74
गाऔँ येशूजीको जयगान
F4/4
Chorus
गाऔँ येशूजीको जयगान, गाऔँ येशूजीको शुभनाम
Verse
यरूशलेम शहरको, बेथलेहेम गावैँमा (२)
आज जन्मे बालक, जसको येशू नाम (२)
शान्तिको राजा, येशूलाई प्रणाम् (२)
Verse
इम्मानुएलले जन्म लिए, हाम्रो भव भो’ उज्यालो (२)
पापको विनाश भयो, सत्यले जित्यो (२)
सत्यको राजा, येशूलाई प्रणाम् (२)
Verse
मसीह येशू अवतार भए, घृणा, हेला टाढ़ो भयो (२)
प्रेम जन्म्यो, प्रेम बढ़्यो, प्रेम बढ़्दै गो’ (२)
प्रेमिलो राजा, येशूलाई प्रणाम् (२)