KB · Hymns · #811
येशू नाम जो अति प्रिय
A4/4
Verse
येशू नाम जो अति प्रिय नित्य भज्दै रहनेछु
येशू नाम जो अति प्यारा दिलले चाहने योग्य
पीर थोकको सागरमा डुब्दा, हरेस खाएको बेला
यही येशू नाम सम्झन्छु आत्मामा ढाडस पाउँदछु ।
Chorus
हल्लेलूयाह हल्लेलूयाह येशू नामलाई भज्नेछु
हल्लेलूयाह हल्लेलूयाह नित्य धन्यको भन्ने छ ।
Verse
येशू नाम जो बहुमूल्य, अति आदरणीय छ
सारा भूलोक भरमा यो नाम, स्तुतिको योग्य छ
दस हजारमा सर्वोत्तम नाम, अति नै पूजनीय छ
येशू नाम नै संसारमा, अति उत्तम र श्रेष्ठ छ ।
Verse
येशू नाम अति सामर्थी, पापको क्षमा हुँदछ
यही सामर्थी नाममा, दुष्टको पूरा हार छ
येशू नाम शक्तिशाली, सारा पृथ्वी काम्दछ
यही नाममा सारा विश्वले, एक दिन घुँडा टेक्नुपर्छ ।