KB · Hymns · #782
क्रूसको बाटोमा हिँड्न चाहन्छौ के
C3/4
Verse
क्रूसको बाटोमा हिँड्न चाहन्छौ के ? आफैलाई इन्कार गर्नु पर्छ नै ।
उहाँको पाइला पछ्याउँछौ के ? आशिष्को झरी प्रशस्त पाउँछौ ।
Verse
क्रूसको बाटोमा हिँड्न चाहन्छौ के ? दुःख कष्ट अवश्य आउँछ नै ।
येशूलाई पहिलो स्थान दिन्छौं के ? रोजाइहरू थुप्रै आउँछन् नै ।
Verse
क्रूसको बाटोमा हिँड्न चाहन्छौ के ? समस्याहरू थुप्रै हुन्छन् नै ।
तिमी सधैं भरोसा गर, प्रभु सहायक हुनुहुन्छ सधैं ।
Verse
क्रूसको बाटोमा हिँड्न चाहन्छौ के ? दुष्ट तिम्रो विरोधमा उठ्नेछ ।
सामना गर्न पितालाई पुकार, तिम्रो पक्षमा ख्रीष्ट हुनुहुन्छ ।
Verse
क्रूसको बाटोमा हिँड्न चाहन्छौ के ? सतावट र समस्यामा पर्छौं नै ।
येशूलाई हेर्दै जिउन चाहन्छै के ? उहाँको अगुवाई सदा हुन्छ नै ।
Verse
उहाँको लागि प्राण गुमाउन तयार छौ ? उहाँ तिम्रो साथमा हुनुहुन्छ ।
मान इज्जत गुमाउन तयार छौ के ? स्वर्गमा मुकुट प्राप्त गर्छौं नै ।